Rule 45
शिशु स्याहार कक्ष
(१) पचास वा सोभन्दा बढी महिला श्रमिक कार्यरत रहने कार्यस्थलमा महिला श्रमिकहरुको तीन बर्षभन्दा कम उमेरका शिशुको हेरचाहको लागि रोजगारदाताले आफै वा अन्य रोजगारदातासँग संयुक्त रूपमा उपयुक्त वातावरण भएको शिशु स्याहार केन्द्र वा कक्षको व्यवस्था गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको शिशु स्याहार केन्द्र वा कक्षमा रोजगारदाताले आवश्यक शिशु स्याहारकर्ताको व्यवस्था गर्नु पर्नेछ।